झापामा शुक्रबार २८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो सँगै झापामा संक्रमित संख्या २ सय ७८ पुगेको छ ।
मेचीनगर नगरपालिकाको राधास्वामी क्वारेन्टिनमा बसेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगरमा योसँगै संक्रमित संख्या ४१ पुगेको छ ।
अर्जुनधारा नगरपालिकाका २ जना महिलासहित ८ जना, हल्दिबारी गाउँपालिकाका ३ जना पुरुष, कनकाई नगरपालिकाका १ जना महिलासहित २ जना र बिर्तामोड नगरपालिकाकी १ महिलामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।