शुक्रबार दाङमा ८ जना संक्रमित थपिएका छन् ।
चार पुरूष र चार महिला गरी ८ जनामा शुक्रबार संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये दुई जना राजपुर गाउँपालिका र ६ जना लमही नगरपालिकाका हुन् ।
राजपुर गाउँपालिका वडा नं. ७ निवासी २८ वर्षीय र राजपुर २ का ३० वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ । ३० वर्षीया पुरूष कुवेत र २८ वर्षीय पुरूष भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका छन् ।
त्यस्तै, लमही नगरपालिका वडा नं ५ की २२ वर्षीय र वडा नं. २ की २८ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टि भएको छ । लमही वडा नं. ३ निवासी ३० वर्षीया महिला र वडा नं. ५ का २३,२२ र १२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
लमहीमा फेला परेका सबै संक्रमित भने भारतबाट आएकाहरू हुन् ।
योसँगै दाङमा कुल संक्रमितको संख्या ५९५ पुगेको छ । त्यसमध्ये झन्डै २ सय ५० जना उपचारपछि घर फर्किएको जानकारी दिइएको छ ।