कोभिड-१९ का कारण चीनको तियानजिनमा रहेका नेपाली ल्याउन हिमालय एयरलाइन्स भोलि त्यसतर्फ उड्ने भएको छ ।
हिमालयको एच९–७६०१ को उडान भोलि राति ११:५० मा उड्ने छ भने आइतबार ८:५० मा काठमाडौं अवतरण हुने एयरलाइन्सले जनाएको छ ।
चार्टर उडान गर्न लागेको हिमालय एयरलाइन्सले तियानजिन-काठमाडौंको भाडा दर ६ सय ९९ डलर तोकेको छ ।