सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन् ।
बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ मा रहेको लामागाडा प्रावि क्वारेन्टानमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन् ।
जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए ।
२५ जनामध्ये कोरोना जाँच गर्दा ५ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षण गर्दा रावतको मात्र पोजेटिभ देखिएको थियो ।
गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरोना पुष्टि भएर एक्लै बस्दा उनी मानसिक रुपमा निकै तनावमा देखिने गरेका थिए। उनले सोही कारण आत्महत्या गरेको हुनसक्ने सिंहले बताए ।