logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनसुनी वायुको प्रभाव : आज देशभर मेघगर्जन सहित वर्षाको सम्भावना


अंकुरण खबर
585
Shares

मनसुनी वायुको प्रभाव रहेका कारण आज देशभर बदली भइ वर्षाको सम्भावना रहको छ।

देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशभर साधारणतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।