logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड पत्नी सिताको जन्मदिन आज


अंकुरण खबर
3.887K
Shares

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको ६६ वर्षमा प्रवेश गरेकी छिन् ।

उनको जन्मदिनको अवसर पारेर नेकपा नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरिरहेका छन् ।

छोरा प्रकाश दाहालको निधनपछि मनोवैज्ञानिक रुपमा कमजोर बनेकी सिता पछिल्लो समय पार्किन्सन रोगबाट पीडित छन् ।सिता विरामी परेपछि प्रचण्डले उनको उपचारको लागि सिंगापुर, अमेरिका पनि लगेका थिए । तर खासै सुधार भने हुन सकेको छैन ।

उपचारका लागि गत चैतमा प्रचण्डले पत्नी सितालाई अमेरिका लगेका थिए । सिता केही समय अघिदेखि नै पार्किन्सन रोगबाट पीडित छिन् । अमेरिका जानु अघि प्रचण्डले भने अनुसार पहिला पार्किन्सन भित्रको भनेर सामान्य मानिए पनि यो जटिल बनेको छ ।

पार्किन्सन भित्रको पनि प्रोग्रेसिभ सुप्रान्यूक्लियरपाल्सी भन्ने रोग सितालाई लागेको प्रचण्डले जानकारी दिएका थिए ।

पछिल्लो समय उनको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। उनी साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छन् । पार्किन्सन मस्तिष्कमा रहेको नसा सम्बन्धी रोग हो। चिकित्सकहरुका अनुसार यो रोग लागेपछि मस्तिष्कको नसा सुक्दै जान्छ।