logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीसँगको छलफलका लागि बालुवाटार पुगे प्रचण्ड


अंकुरण खबर
871
Shares

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी एकताको सन्दर्भमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको ‘निर्णायक’ वार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

आइतबार बिहान ११ बजेदेखि नै ओली र प्रचण्डबीच छलफल हुने भनिएको थियो । तर, अध्यक्ष प्रचण्ड वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई लिएर बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

राष्ट्रपतिसँगको भेट पछि प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । बैठकमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा अर्का अध्यक्ष प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन्

पछिल्लो समय पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली ओलीको राजीनामा मागिएपछि नेकपा फुटको संघारमा पुगेको छ ।