प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।
आइतबार दिउँसो २ बजे समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल हुनेछ ।
बैठकमा केन्द्रीय महाधिवेशनको अन्तिम मितिमा फरक नपर्ने गरि कार्यतालिका सार्वजनिक गरिने बताइएको छ ।
यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका तयार पारेको थियो ।