logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले पुरिएर कालीकोटमा एक जनाको मृत्यु   


अंकुरण खबर
1.066K
Shares

कालीकोट नरहरिनाथ गाउँपालिका-७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ।

माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा हिजो पहिरो जाँदा ३५ वर्षीया तुला बटालाको मृत्यु भएको हो।

भैँसी गोठाला गएकी बटालाको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। “भैँसी गोठबाट पानी लिन जाँदा बीच बाटामा पहिरो खसेर महिलालाई बगाएको हो”, उनले भने । बटालाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।

हिजो नै आएको पहिरोले नरहरिनाथ गाउँपालिका-७ को वडा कार्यालयमा पनि क्षति पुगेको जनाइएको छ ।