सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफल सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै एक घन्टा अध्यक्षद्वयबीच वार्ता भएको हो।
छलफलमा पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल तथा पूर्वमाओवादीको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुनसमेत सहभागी थिए।
स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो। विवादले चरम रुप लिएपछि शीर्ष तहमा छलफल भइरहेको छ ।
भोलि फेरि स्थायी कमिटी बैठक अघि पुनः छलफल हुने बताइएको छ। छलफल हुनुअघि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए।
आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसमेत पार्टीको विवादमा मुछिएपछि नेकपा अध्यक्ष प्रचण्डसहितका नेता शीतल निवास गएका थिए ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने हिजै राष्ट्रपतिलाई भेटेका थिए।