logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ


अंकुरण खबर
1.027K
Shares

नेपालमा कोरोना संक्रमणबाट थप एक युवकको मृत्यु भएको छ।

बागलुङको ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट सकरात्मक आएको हो।

केही दिन अघि भारतबाट आएर क्वारेन्टिनमा बसेका २९ वर्षीय ती युवकको आइतबार बिहान मृत्यु भएको थियो।

पोखरामा गरेको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। लामो समयदेखि भारतमा कामगर्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।