logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोलाले बगाएर बालिकाको मृत्यु


अंकुरण खबर
1.17K
Shares

मोरङमा खोलाले बगाएर आइतबार एक बालिकाको मृत्यु भएको छ ।

कटहरी गाउँपालिका–७ मा जुडी खोलाले बगाएर प्रधुम्न सरदारकी ६ वर्षीया छोरी दीक्षाकुमारीको मृत्यु भएको  हो।

शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएकी बालिकाको नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा आइतबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।

बगाएको स्थानभन्दा करिब तीन किलोमिटर तल बाँस झ्याङमा अड्किएको अवस्थामा शव फेला परेको हो ।