कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुई कोरोना संक्रमित चिकित्सक डिस्चार्ज भएका छन् ।
संक्रमण पुष्टि भएपछि अस्पतालकै आइसोलेसनमा बसेका चिकित्सक अब एक हप्तापछि काममा फर्कने भन्दै आज डिस्चार्ज भएका हुन् ।
असार ११ गते उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।
कर्णालीमा २३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये अधिकांश निको भएर पुन काममा फर्किसकेका छन् ।