लकडाउनपछिको दोस्रो साताको पहिलो दिन शेयर बजारमा एक अर्ब ३३ करोड ३९ लाख २३१ रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्से सूचकांक ७ दशमलव ७७ अंकले बृद्धि भई १२६३ दशमलव ८८ बिन्दुमा गएर रोकिएको हो।
आइतबार बैंकिङ समूह, होटल समूह, निर्जिबन बीमा कम्पनी उत्पादनमूलक कम्पनी, लघुबित्त, जिवनबीमा कम्पनी र अन्य समूहको उपसूचकांकामा बृद्धि देखिएको छ ।
आज सबै भन्दा बढि जिवनबीमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् ।