logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ


अंकुरण खबर
1.326K
Shares

जनकपुरधाम उपमहानगरपालिकाकी एक बालिकालाई बलात्कार गरी हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।

गत बुधबार विहान ११ बजे भैसी चराउन घरबाट निस्केका १० वर्षीय नाबालिका कञ्चन कुमारी पजियारको शव शनिबार स्थानीय दुधमती नदी किनारामा शव फेला परेको थियो ।

शव फेला परेको शुक्रबारको दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था स्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा अहिले थप १८ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

शनिबार ७ जना डाक्क्टरको समूहले ती बालिकाको शवको पोस्टमार्टम गरेपनि रिपोर्ट भने अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

पोष्टमार्टम रिपोर्ट नआउञ्जेलसम्म हत्यापूर्व बलात्कार भएको हो वा होइन भन्ने आशंका पुष्टि गर्न नसकिने उनले बताए ।

प्रकृति हेर्दा हत्या नै गरेको हो भन्न सकिने भएपनि यथार्थ पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बाहिरिने प्रहरीले जनाएको छ ।