logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आज थपिए २९३ कोरोना संक्रमित


अंकुरण खबर
1.469K
Shares

नेपालमा थप २९३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९३  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार ७  सय ८४  पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार ५ सय ४७ जना निको भएर घर फर्किएका छन् ।

आजमात्रै कोरोनालाई जितेर १२३ जना घर फर्किएका छन् ।