logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.339K
Shares

काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

अन्य ठाँउको तुलनामा कम संक्रमणका घटना देखिएको काठमाडौंमा लकडाउन खुकुलो भएसँगै संक्रमित बढ्न थालेका हुन।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका २१, ललितपुरका २, भक्तपुरका १, वीर अस्पतालमा काठमाडौँका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंका ५ जनामा कोरोना पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर २९३ संक्रमित थपिएका छन्। देशभर संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।