निजी विद्यालयका सञ्चालकहरुले शुल्क उठाउन नपाए अनलाइन कक्षा बन्द गर्ने चेतावनी दिएका छन्।
निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले शूल्क उठाउन नदिए अहिले जारी राखिएको वैकल्पिक शिक्षण सिकाइ नगर्ने निर्णय गरेको हो।
अनलाइन कक्षा बन्द गर्ने चेतावनी दिएपछि प्याब्सन र एनप्याब्सनका प्रतिनिधिलाई शिक्षा मन्त्रालयले छलफलका लागि बोलाएको छ।
शुल्क उठाउँनु पाउनुपर्ने माग पुरा नभए भोलिबाट पढाई रोक्ने निजी विद्यालयले जनाएका छन।
लकडाउनका कारण रोकिएको पढाईलाई निरन्तरता दिन शिक्षा मन्त्रालयले असार १ देखि अनलाइन कक्षा सञ्चालन गर्ने निर्देशन दिएको थियो।