logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

शूल्क उठाउन नपाए भोलिबाट अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयको चेतावनी


अंकुरण खबर
3.289K
Shares

निजी विद्यालयका सञ्चालकहरुले शुल्क उठाउन नपाए अनलाइन कक्षा बन्द गर्ने चेतावनी दिएका छन्।

निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले शूल्क उठाउन नदिए अहिले जारी राखिएको वैकल्पिक शिक्षण सिकाइ नगर्ने निर्णय गरेको हो।

अनलाइन कक्षा बन्द गर्ने चेतावनी दिएपछि प्याब्सन र एनप्याब्सनका प्रतिनिधिलाई शिक्षा मन्त्रालयले छलफलका लागि बोलाएको छ।

शुल्क उठाउँनु पाउनुपर्ने माग पुरा नभए भोलिबाट पढाई रोक्ने निजी विद्यालयले जनाएका छन।

लकडाउनका कारण रोकिएको पढाईलाई निरन्तरता दिन शिक्षा मन्त्रालयले असार १ देखि अनलाइन कक्षा सञ्चालन गर्ने निर्देशन दिएको थियो।