logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा थपिए ९ जना कोरोना संक्रमित


अंकुरण खबर
1.638K
Shares

कर्णाली प्रदेशमा आइतबार ९ जना संक्रमित थपिएका छन् ।

जिल्ला अस्पताल दैलेख र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका ५, सुर्खेत, सल्यान, चितावन, नवलपरासीका एक/एक जना रहेको महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

दैलेखका संक्रमितहरु नारायण नगरपालिका वडा नं. १, ३ र ७ का एक महिलासहित तीन पुरुष र गुँरास गाउँपालिकाका-१ का एक पुरुष रहेका छन् ।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५, सल्यानको दार्मा गाउँपालिका-३, चितवनको भरतपुर महानगरपालिका-१०, नवलपरासीको कावासोती नगरपालिका-४ का एक/एकजना रहेका छन ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४९८ पुगेको हो । कर्णालीमा हालसम्मा ६ जनाको मृत्यु भइसकेको छ ।