logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ


अंकुरण खबर
676
Shares

बुढानिलकण्ठ नगरपालिका–११, कपनमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० वर्षीय वेदबहादुर गुरुङ छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार गुरुङविरुद्ध मुलुकी अपराध संहिताको करणी सम्बन्धी कसुरमा म्याद थपेर विस्तृत अनुसन्धान थाल्ने तयारी भइरहेको छ ।

पीडित १४ वर्षीया बालिकाका अनुसार गएराति घर पुर्‍याइदिन्छु भनेर गुरुङले बालिकालाई लगेका थिए । तर, राति बुबाआमाले ढोका नखोलेपछि उनले आफ्नै घरमा बस्न भनेका थिए ।

घरमा लगेर उनले जबरजस्ती करणी गरेको आरोप बालिकाको छ ।