logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित


अंकुरण खबर
754
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।

पछिल्लो समय नेकपामा तिब्र विवाद भइरहेका बेला नेताहरुबीच सहमति प्रयासका लागि भन्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो।

नेकपाको आन्तरिक विवादका कारण स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । आज पनि बैठक नबसेरै स्थगित भएको हो ।

स्थायी कमिटीको अर्को बैठक बुधबार असार २४ गते बस्ने नेकपाले जनाएको छ ।