logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझै केही दिन देशभर बदलीसँगै भारी वर्षाको सम्भावना


अंकुरण खबर
741
Shares

हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण अझै केही दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ ।

भारतको उत्तर प्रदेशको उत्तर–पूर्वी भू–भाग नजिक निम्न चापिय क्षेत्र रहेकाले त्यसको प्रभाव नेपालमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर बदली रही प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

यो क्रम जान दिनभर जसो कायमै रहने भएको छ । भोलि पनि देशका विभिन्न स्थानमा बदलीसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै केही दिन नेपालमा मनसुन जारी रहने भएका कारण पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेका छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश न १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको हुदा उक्त प्रदेशहरूमा नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।