logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-ओलीबीच बालुवाटारमा छलफल जारी


अंकुरण खबर
1.157K
Shares

सत्तारुढ नेकपाको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । अहिले दुवै अध्यक्षबीच छलफल चलिरहेको जनाएको छ ।

ओली र प्रचण्डबीच आइतबार पनि बालुवाटारमा छलफल भएको थियो । आइतबारको छलफलमा कुनै विषयमा पनि सहमति हुन सकेको थिएन् ।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । ओली भने दुवै पद नछोड्ने अडानमा छन् । जसले गर्दा नेकपाभित्रको विवाद चुलिएको छ ।