ओखलढुंगाका एक युवा कोरोना मुक्त भएका छन् ।
गएको असार ७ गते कोरोना पुष्टि भएका २८ वर्षीय युवाले कोरोनालाई जितेर घर फर्किएका हुन् । ती युवा गएको असार ३० गते भारतबाट घर आएका थिए ।
कोरोना देखिएपछि कोरोना अस्पताल विराटनगरमा उपचार गराइरहेका उनी सोमबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
जिल्लामा ती युवा बाहेक अरुलाई कोरोना नदेखिएको जनाइएको छ ।