logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


अंकुरण खबर
1.04K
Shares

दाङमा जुवातास खेलिरहेको अवस्था १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका–७ नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले नगद दुई लाख २५ हजार रूपैयाँ पनि बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।