नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को नियमित अन्तराष्ट्रिय उडानमा रहेका क्याप्टेन सहित चालक दलका ६ सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनाको आशंकामा केही दिन अघि स्वाब संकलन गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको हो। रिपोर्ट पोजेटिभ आएसँगै चालक दलका अन्य सदस्यको पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ।
संक्रमण पुष्टि भएपछि उनीहरु बस्दै आएको सोल्टी होटल सील गरिएको छ।