logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ जना कोरोनामुक्त


अंकुरण खबर
1.014K
Shares

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्जल क्षेत्रीय अस्पतालबाट १३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

अस्पतालको आइसोलेसनमा उपचाररत पोखरा महानगरपालिका विभिन्न वडाका ११ जना, माछापुच्छ्रे गाउँपालिका–६ का एकजना र स्याङजाको पुतलीबजार नगरपालिका–११ का एकजना डिस्चार्ज भएका हुन्।

प्रतिष्ठानमा अब १८ जना संक्रमित उपचाररत रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले बताएका छन्।