गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमध्ये लमजुङका ११, बाग्लुङका ५ र कास्की १ जना छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ । जसमध्ये ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।