logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हवाई यात्रा गरेर आउनेले काठमाडौंमा जोखिम बढाएः स्वास्थ्यमन्त्री


अंकुरण खबर
832
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हवाई यात्रा गरेर आउनेका कारण काठमाडौंमा कोरोनाको जोखिम बढेको बताएका छन्।

सोमबार नेपाल स्वास्थ्य अनुसन्धान परिषदको छैटौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको भर्चुअल सम्मेलन उद्घाटन गर्दै मन्त्री ढकालले हिँडेर आउने मानिसभन्दा हवाई यात्रा गरेर आउनेले जोखिम बढाएको बताएका हुन्।

सरकारले विभिन्न देशबाट चाटर्ड फ्लाइटमार्फत् नागरिक ल्याएर क्वारेन्टिनमा राख्दै आएको छ। विदेशबाट आउनेको संख्या बढेसँगै काठमाडौंमा जोखिम बढेको ढकालको भनाइ छ।

मन्त्री ढकालले दक्षिण एसियामा प्रति १० लाखमा पीसीआर परीक्षण गर्ने दोस्रो मुलुक नेपाल भएको पनि दाबी गरे। हाल २५ वटा पीसीआर प्रयोगशालाबाट परीक्षण गरिरहेको बताउँदै उनले भने, ‘हाम्रो लक्ष्य पीसीआर प्रयोगशाला ३३ वटा पु¥याउने हो।’

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेपालमा फैलिएको कोरोनाको अवस्था अन्य देशभन्दा फरक रहेको बताउँदै त्यसको कारण पत्ता लगाउनुपर्ने बताए।

मंगलबारसम्म चल्ने सम्मेलनमा ८६ वटा कार्यपत्र प्रस्तुत हुनेछन्। जसमा ८ वटा कोभिड—१९ सम्बन्धित खोजमूलक कार्यपत्र प्रस्तुत हुनेछन्। सम्मेलनमा ३२ वटा मौखिक र ५४ वटा पोष्टर प्रस्तुत गरिनेछ।