logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीका थप ८ जनामा देखियो कोरोना संक्रमण


अंकुरण खबर
845
Shares

कैलालीका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ७ जना धनगढी उपमहानगरपालिकाका रहेका छन्।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा तीन महिला र पाँच पुरुष गरी कैलालीका ८ जनामा कोराना पुष्टि भएको हो।

धनगढीका ३३ र ३५ वर्षीय महिला, ३३, २२, २५, ५२ र ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार गोदावरी नगरपालिकाका ३० वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ८६ पुगेको छ।