logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन


अंकुरण खबर
1.573K
Shares

सरकारले मास्क नलगाई घर बाहिर हिड्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले सोमबार ७७ वटै जिल्लाका सिडिओलाई मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न परिपत्र जारी गरेको छ।

पछिल्लो समय लकडाउन खुकुलो भएपनि कतिपय मानिसहरु मास्क नलगाई हिड्डुल गर्ने गरेका छन्। संक्रमणका घटना बढिरहेका बेला सरकारले सावधानी अपनाउन आग्रह गर्दै आएको छ।

मास्क नलगाई हिड्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो।