नेपालमा थप १८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोनामुक्त भएका छन् । आज सम्म ६ हजार ८ सय ११ कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ।
हाल देशका विभिन्न क्वारेन्टिनमा २९ हजार २१५ जना रहेका छन् भने कोरोना संक्रमण पुष्टि भएर आइसोलेसन बसेका व्यक्तिको संख्या ९ हजार ११८ रहेको छ।