पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित थपिएका हुन्।
पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २३, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। त्यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।