नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको हो । बाग्लुङको निसिखोला गाउँपालिका ३ का २९ वर्षीय पुरुषको २१ गते क्वरेण्टीनमा मृत्यु भएको थियो ।
भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वरेण्टीनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।