logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आत्महत्याको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


अंकुरण खबर
780
Shares

पछिल्लो समय आत्महत्याको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आत्महत्या गरेको भिडियोले बालबालिकाको दिमागमा नकारात्मक असर गर्ने  बताए ।

उनका अनुसार पछिल्लो एक सातामा दुई महिलाले फेसबुक लाइभ गरेर आत्महत्या छन् । यस्ता आत्महत्या गरेको भिडियोले अझ अन्यमा आत्महत्या गर्न प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकारात्मक असर गर्ने जानकारी दिए ।

यस्ता भिडियो देखेमा सेयर नगर्न र तुरुन्त फेसबुकलाई  रिपोर्ट गरिदिन समेत उनले अनुरोध गरे ।