logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर बदली : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


अंकुरण खबर
923
Shares

हाल नेपालमा मनसुन न्यून चापिय रेखा नजिकै रहेकाले देशभर बदली रही धेरैजसो स्थानहरुमा मनसुनी वर्षा हुने सम्भावना रहेको छ।

आज प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, र सुदुर पश्चीम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,बाग्मति प्रदेश,प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती देशभर साधारणतया बदली रही देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

ठूलो पानी पर्ने ठाउँमा बाढी र डुबानसँगै पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।