आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।
बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
बैठकका अनेक एजेन्डामध्ये आइजिपी नियुक्त प्रमुख हुने सम्भावना रहेको स्रोतलेबतायो । आजै आइजिपी नियुक्ति हुने शतप्रशित ग्यारेन्टी नभए पनि सम्भावना भने प्रबल रहेको छ ।
प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।
नयाँ महानिरीक्षकको दौडमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । वरिष्ठताको हिसाबले क्षेत्रीको सम्भावना प्रबल रहेको बताइएको छ ।