नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेकपाका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान भेटवार्ताका लागि राजदूत होउ खनाल निवास डल्लु पुगेकी थिइन्। खनाल र राजदूत होउबीच करिब ४५ मिनेट छलफल भएको स्रोतले जनाएको छ ।
खनाल र राजदूत होउबीचको भेटमा के वार्ता भयो भन्ने बारेमा भने खुलाइएको छैन्।
नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ। यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन्।