logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोनाबाट मृत्य हुनेको संख्या २० हजार नाघ्यो, ७ लाख संक्रमित


अंकुरण खबर
1.053K
Shares

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४६७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२ हजार २५२ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । भारतमा कुल संक्रमित ७ लाख १९ हजार ६६५ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ४ लाख ३९ हजार ९४८ जना ठिक भएका छन् भने २ लाख ५९ हजार ५५७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १७ लाख ४० हजार १४७ पुगेको छ भने मृतकको संख्या ५ लाख ४० हजार ६८० पुगेको छ ।

त्यस्तै विश्वभर ६७ लाख ३६ हजार ३९१ जना कोरोना संक्रमित ठिक भएका छन् ।