नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता शुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटमा पार्टीमा देखिएको विवाद समाधानको पहल भइरहेको छ ।
यसअघि सोमबार दुई अध्यक्षबीच समस्या समाधानको लागि छलफल गर्ने सहमति भएको थियो ।
आइतबारको बैठकमा दोस्रो तहका नेतालाई समस्या समाधानको खाका तयार गर्न भनिएको भएपनि सोमबारको बैठकमा भने अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच एक्ला एक्लै वार्ताको प्रस्ताव गरेका थिए ।
आवश्यक परेको खण्डमा पार्टी वरिष्ठ नेताहरुसँग पनि छलफल गर्ने सकिने प्रस्ताव ओली समक्ष प्रचण्डले गरेका थिए ।
विवाद समाधान गर्ने सहमति भएसँगै पार्टीको स्थायी समिति बैठकसमेत बुधवार बस्नेगरी स्थगित गरिएको थियो।
केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने दाहाल नेपाल समूहको माग छ । तर आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।