logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पाका ४७ जना संक्रमितले जिते कोरोना


अंकुरण खबर
1.313K
Shares

पाल्पामा आज ४७ जना संक्रमित कोरोना संक्रमणबाट निको भएका छन् ।

जिल्लाका सक्रमित मध्ये रम्भा गाउँपालिकाका–१७ जना र रैनादेवी छहरा गाउँपालिकाका १२ जना गरी २९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

निको भएकालाई अस्पतालबाट गाडीमा राखेर घरमा पुर्याएको छ । हालसम्म रम्भा गाउँपालिकामा ३९ जना संक्रमण भएकोमा २५ जना निको भई घर फर्किसकेका छन् ।

रम्भा गाउँपालिकाका १७ जना लुम्विनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उपचारत थिए । यस्तै माथागढी गाउँपालिकामा २ जना, रिब्दीकोट गाउँपालिकामा १ जना, रामपुर नगरपालिकामा २ जना निको भएका छन् ।