logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-प्रचण्डबीचको छलफल सकियो, भोलि स्थायी कमिटीको बैठक बस्ने


अंकुरण खबर
1.235K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टा लामो छलफल सकिएको हो। छलफलमा स्थायी समितिको बैठक भोलि बस्ने सहमति बनेको छ। स्रोतका अनुसार पटक–पटक स्थगित गरिँदै आएको स्थायी समितिको बैठक भोलि बस्ने सहमित दुई अध्यक्षबीच भएको छ।

असार २२ गतेका लागि तय गरिएको बैठक पार्टीभित्र देखिएको विवादका कारण सहमति खोज्न भन्दै २४ गतेसम्मका लागि स्थगित गरिएको थियो। असार १० बाट सुरु भएको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको राजीनामा मागिएपछि विवाद उत्कर्षमा पुगेको थियो।

ओलीले राजीनामा नदिने अडान लिएका थिए भने प्रचण्डसहितका शिर्ष नेता राजीनामा दिनुपर्ने पक्षमा थिए। जसका कारण नेकपा विभाजनको संघारमा पुगेको थियो।

तर, दुई अध्यक्षबीच विभाजन रोक्ने गरी पछिल्लो तीन दिनयता लगातार छलफल हुँदै आएको थियो। दुई अध्यक्षबीचको छलफल सकारात्मक बनेको स्रोतले जानकारी दिएको छ।