logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितहरू घट्दो क्रममा, नेपालका चार जिल्ला कोरोना फ्री


अंकुरण खबर
689
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका चार जिल्लामा कोरोनाभाइरसका संक्रमित छैनन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा पहिले कोरोना संक्रमित देखिए पनि अहिले उनिहरु  निको भएर घर फर्किसकेका छन् ।

उनले भने, ७७ जिल्लामै कोरोना देखिएकोमा अहिले चार जिल्ला कोरोना फ्री भएका छन् । प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोना संक्रमित छैनन् ।

विगत एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितहरू घट्दो क्रममा रहेको मन्त्रालयले बताएको छ । मंगलबार कोरोनाका दुई सय चार जना संक्रमित थपिएसँगै  नेपालमा अहिलेसम्म १६ हजार एक सय ६८ जनामा संक्रमण देखिएको छ।