लकडाउनको बेलामापनि निजी विद्यालयहरुले अभिभावकहरुलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले त्यसको विरोध गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।
अभिभावकमाथिको ज्यादती तत्काल बन्द नगरे सडक संघर्ष सुरु गर्ने उनीहरुको चेतावनी छ । अधिवक्तासमेत रहेका मानवअधिकारकर्मी ईन्द्रप्रसाद अर्यालले यस्तो विषम परिस्थितिमा पनि अभिभावकसँग निजी विद्यालयहरुले शुल्क असुल्न खोज्नु दुःखद् भएको भन्दै त्यसको विरद्धमा आफूहरु एकजुट भएको बताए ।
उनीहरुले देश अहिले विषम अवस्थामा रहेको बेला सरकार र विद्यालय सञ्चालकहरु अभिभावकविरुद्ध उत्रिएका कार्यक्रममा सहभागीहरुले आरोप लगाएका छन् । कार्यक्रममा अधिवक्ता दिनेश त्रिपाठी, अभियन्ता ज्ञानेन्द्र शाही लगाएतको उपस्थिति रहेको थियो । उनीहरुले शिक्षक र कर्मचारीलाई तलब पहिले कमाएको नाफालेनै दिनुपर्ने यसको बोझ अभिभावकमा पार्नु नहुने तर्क गरेका थिए ।