कर्णाली प्रदेशमा आज मंगलबार १४ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये सल्यानका दुई र सुर्खेतका १२ जना छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन र दैलेख अस्पतालको प्रयोगशालामा एक जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित १४ जना भनिए पनि मन्त्रालयले १३ जनाको मात्रै विवरण खुलाएको छ । विवरण खुलाएका मध्ये ६ जना महिला र सात जना पुरुष छन् ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ५३० जना पुगेको छ ।