कर्णाली प्रदेशमा आज मंगलबार २८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा माहाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार आज नै प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनबाट २८ जना डिस्चार्ज भएका हुन् ।
हालसम्म कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या एक हजार २७५ जना पुगेको छ ।
अव संक्रमित पुष्टि भएका मध्ये २४९ जना विभिन्न अस्पताल र आइसोलेसनमा बसेका छन् ।