logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित


अंकुरण खबर
793
Shares

आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।

अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता तथा प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

तिब्र विवादका कारण पार्टी फुटको संघारमा पुगेका बेला पार्टी एकता जोगाउन भन्दै नेकपाभित्र केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरुबीच छलफल हुँदै आएको छ। तर अहिलेसम्म छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पुनः नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो।

यसअघि बोलाइएका स्थायी कमिटी बैठक पनि दुई अध्यक्षबीचको छलफल जारी रहेको भन्दै स्थगित हुँदै आएको थियो।