logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा मनसुनी वायु सक्रिय, देशभर बदली भई हल्कादेखि भारी वर्षाको सम्भावना  


अंकुरण खबर
1.313K
Shares

देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव रहेकाले देशभरको मौसम बदली भएको हो ।

हाल सुदूरपश्चिम प्रदेश, प्रदेश ५ तथा धनुषा, सिराहा, मोरङ, विराटनगर र आसपासका भू–भागमा पूर्ण बदली रही थोरै स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

बुधबार दिउँसो देशका अधिकांश भू–भागमस सामान्य बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशका अधिकांश भू–भागमस सामान्य बदली हुने छ । प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।