नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ ।
आज बुधवार छापावाला सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार छापावापला सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मुल्य ५ रुपैयाँले बढेर ९ सय ५५ रुपैयामा कारोबार भइरहेको छ ।