logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईजीपी ज्ञवालीको आज बिदा हुँदै, थापाले कार्यभार सम्हाल्ने


अंकुरण खबर
1.261K
Shares

नेपाल प्रहरी केन्द्रीय कार्यालयले प्रहरी महानिरीक्षक (आईजी) ठाकुर ज्ञवालीको आज बुधबार बिदाई गर्ने तयारी गरेको छ।

३० वर्षे सेवा अवधिका कारण बुधबार अवकास पाउन लागेका ज्ञवालीको विदाई कार्यक्रम साँझ ५ बजे राखिएको प्रहरी प्रवक्ता निरज शाहीले बताए।

गत माघ २८ गते महानिरीक्षकमा नियुक्त भएका ज्ञवाली करिव ५ महिना प्रहरीको नेतृत्व गरेर बिदाई हुन लागेका हुन्।

उनले २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए। ज्ञवालीले अवकास पाउने भएपछि सरकारले मंगलबार नै शैलेश थापा क्षेत्रीलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको छ।

२८औं आईजीका रुपमा थापाले २२ महिना प्रहरी संगठनको नेतृत्व गर्ने छन्। थापाले बिहीबार कार्यभार सम्हाल्ने छन्।